आइतबार , माघ ९, २०७८

सायद बसले ब्याक गरेर नघि’सारेको भए मेरी छोरी बाँच्थी’

पुष २१, २०७८ बुधबार 48

दोलखाकी कृतिकाको मंगलबार दिउँसो काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पो’स्टमार्टम हुँदै थियो।

त्यही बेला मृ’तक कृतिकाका बुवा कल्याण कार्की महानगरीय प्रहरी वृत्त, गौशालामा थिए।

कल्याणलगायत आफन्तहरू वृत्तमा का’नुनी कारबा’हीका लागि पुगेका थिए। उनलाई आफ्नी छोरीको का’जकि’रियासँगै दो’षीलाई कठघ’रामा उभ्याउनु पनि थियो।

उनले वृत्तमा सवारी ज्या’न मु’द्दामा मयूर यातायातको बा ५ ख १५३८ नम्बरको बसका चालकविरू’द्ध जाहेरी दिएका छन्। सहचालक पक्रा’उ परिसकेका छन्।

बुवा कल्याण सोमबार राति मात्रै दोलखा, तामाकोशी गाउँपालिका सिन्लेबाट काठमाडौं आइपुगेका हुन्। उनी आफ्ना जेठा छोरासँग रातारात काठमाडौं आइपुगेका हुन्।

 आफ्नी २६ वर्षीया छोरी कृतिका दुर्घ’टनामा परेको खबर पाएपछि उनीहरू रातरातै काठमाडौं आएका थिए।

कृतिका दुई-तीन वर्षदेखि आइएमई जनरल इन्स्योरेन्स नक्साल शाखामा काम गर्थिन्। अफिसमा ड्युटी सकेर सोमबार साँझ कोठा फर्किँदै गर्दा दुर्घ’टना भएको हो। करिब साढे ६ बजेको थियो।

उनी बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको डियो स्कुटर चढेर कोठा फर्किँदै थिइन्। काठमाडौं महानगरपालिका-९ तिलगंगा, पिंगलास्थानमा पुगेपछि पछाडिबाट उनलाई बसले ठक्क’र दियो।

ठ-क्कर दिएपछि उनी स्कुटरबाट लडिन्। स्कुटरबाट ल’डेपछि बसले कि’चेको गौशाला वृत्तले जानकारी दिएको छ।

बसले कि’चेपछि कृतिका गम्भी’र घा’इते भएकी थिइन्। उनलाई तत्कालै काठमाडौंको टिचिङ अस्पताल पुर्‍याइएको थियो। उप’चारकै क्रममा मंगलबार बिहान ६ बजे चिकित्सकले कृतिकालाई मृ’त घो’षणा गरेको हो।

उनको मृत्युपछि उनका बुवा कल्याणलगायत आफन्तहरू दु’खी मात्रै छैनन्, आक्रो’शित पनि छन्। दुर्घ’टनामा परे पनि कृतिकाको स्कुटरमा भने खासै क्ष’ति पुगेको छैन।

मयूर यातायातको बसमा स्थानीयले आ’क्रोशमा आएर तो’डफोड पनि गरेका थिए। नुवाकोट, शिखरबेसी घर भएका चालक श्रीराम तामाङ अहिले फ’रार छन्। उनी घट’ना भएपछि भागेको प्रहरीले जनाएको छ।

बसले ठक्क’र मात्रै दिएको भए पनि आफ्नी छोरी जोगिनसक्ने शिक्षकसमेत रहेका बुवा कल्याण बताउँछन्। तर चालकले बस ब्याक नै गरेर घिसा’रेको हुँदा आफ्नी छोरी नजो’गिएको उनको भनाइ छ।

‘छोरी अफिसबाट कोठा फर्किँदै थिइन्। पिंगलास्थान पुगेपछि गाडीले स्कुटरलाई पछाडिबाट हा’न्यो। तर स्कुटर जस्ताको तस्तै छ। बसले हा’नेपछि स्कुटर ढल्यो। 

मान्छे उछि’ट्टिएर पर लग्यो। त्यसपछि चालकले के हेर्‍यो खै! चालकले ब्या’क गरी कि’चेर घि’सारेर लग्यो,’ कल्याणले दुर्घ’टनाको सिसिटिभी फुटेज हेरेको बताए, ‘फालेको मात्रै भए मर्दैन थियो होला। घा’इते भए उप’चार गराउन सकिन्नँ भनेर २० मिटर जति घिसा’रेर मार्‍’यो।’

कृतिका काठमाडौं बसेको दस वर्ष भइसकेको थियो। उनी शान्तिनगरमा आफ्नी बहिनीसँग डेरामा बस्दै आएकी थिइन्। फुपू दिदी जमुना कार्कीका अनुसार कृतिकाले हालसालै मा’स्टर्स सकाएकी थिइन्। 

उनले एमबिएस गरेकी हुन्। जमुनाले भने घ’टनाबारे बिहान मात्रै थाहा पाएकी थिइन्।

कृतिकाको विवाह गर्ने कुरा पनि चलिरहेको थियो। तर त्यसैबीच यस्तो घट’ना भएको उनले बताइन्। कृतिका पढाइमा पनि सानैदेखि अब्बल भएको उनी बताउँछिन्।

जमुनाले भनिन्, ‘पढाइमा पनि ट्यालेन्ट, त्यसमा मात्र होइन हरेक कुरामा। कसैलाई पनि न’राम्रो नगर्ने सिद्धान्त थियो उनमा। उसको जति भावना कसैको छैन होला।’

उनले दुर्घट’नाबारे थपिन्, ‘चालकको धेरै गल्ती छ। नियम मात्रै नभएर हो, नत्र फाँ”सी दिन हुन्थ्यो। यसरी घिसा’रेर ल्याएको छ। अपां’गता भए उपचार गर्नुपर्छ भनेर चालकले यस्तो गरेको हो।’

बसमा सहचालक पनि थिए। चालक भागेपछि सहचालक पनि अर्को बसमा चढेर धुलिखेल पुगेका थिए। सहचालकले मयूर यातायातका कर्मचारीलाई फोन गरेपछि उनलाई प्रहरीले प,क्राउ गरेको हो।

उनलाई प्रहरीले धुलिखेलबाट प’क्राउ गरी हिरा’सतमा लिएको छ।
त्यस्तै चालकको पनि खोजी गरिरहेको छ।
सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्