आइतबार , माघ २, २०७८

नेपाली सेनाले खोल्यो २२९ जना अधिकृत क्याडेट ( सेकेण्ड लेफ्टिनेन्ट) पदको लागि विज्ञापन !

पुष २१, २०७८ बुधबार 70

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सेनाको अधिकृत तहमा २२९ जनाका लागि भर्ना खोलेको छ ।

सेनाको कार्यरथी विभाग, भर्ना छनौट निर्देशनालयका अनुसार अधिकृत क्याडेटमा १२० जनाले खुला तर्फ प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यस्तै शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना,

आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ ।

आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ ।

दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

भर्ना छनौट सम्बन्धी बिस्तृत विवरण हेर्नुहोसः

प्रतिकृया दिनुहोस्