आइतबार , माघ ९, २०७८

पोर्चुगल पठाउने भन्दै ४० लाख ठ`गी गरेकाे आ`राेपमा २ जना प’क्राउ

पुष २२, २०७८ बिहिबार 52

काठमाण्डौं : पोर्चुगलमा आकर्षक कमाइ हुने र होटल तथा रेष्टुराँमा काम लगाइदिने भन्दै २ जनाबाट ४० लाख ठ`गी गरेको आ,रो,पमा दुई जना प,क्रा,उ परेका छन् ।

प,क्राउ पर्नेमा काठमाण्डौ-३२ कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालिका सञ्चालक र व्यवस्थापक रहेका छन् ।

ट्राभल सञ्चालक बाग्लुङ गल्कोट-६ घर भै हाल मैतिदेवीका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक सर्लाही बाग्मती-१ घर भै हाल ललितपुर बस्ने २४ वर्षीय समिर कार्की छन् ।

महानगरिय अ`पराध महाशाखाका अनुसार उनीहरुले वर्किङ भिषामा पोर्चुगल जान प्रतिव्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्र`लो`भनमा पारेका थिए ।

उनीहरुले ४ जना पी`डितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठ`गी गरेका थिए ।

महानगरीय अप`राध महाशाखा मिनभवनबाट खटि`एको प्रहरीले उनीहरूलाई प`क्राउ गरेको हो ।

थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ‌ पठाइएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोस्ट बाट

प्रतिकृया दिनुहोस्