आइतबार , माघ ९, २०७८

प्रधानन्यायाधीश पत्नी रेजीको नाममा अर्ब बढीको अवैध सम्पत्ति !

पुष २२, २०७८ बिहिबार 40

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शु`द्धीकर`ण

अनुसन्धान विभागमा निवेदन दिएका डा गोविन्द केसीले यसै विषयमा अर्को उजुरी पनि हालेका छन् ।

बृहत् नागरिक आ`न्दो`लनका तर्फबाट डा केसीले हिजो (मंगलबार) पूरक निवेदन दिएका हुन् ।

जसमा उनले प्र`धानन्या`याधीश जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अ`वै`ध स्रोतबाट आर्जित एक अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्दै छानबिन गर्न विभागसँग आग्रह गरेका छन् ।

यसअघि डा। केसीले यही पुस ११ गते प्रधानन्यायाधीश जबराको परिवारका सदस्य र

अन्य आफन्तका नाममा स्रोत नखुलेको सम्पत्ति रहेको भन्दै छानबिन र कारबाही गर्न माग गरी पहिलो निवेदन दिएका थिए ।


न्युज२४ बाट

प्रतिकृया दिनुहोस्