आइतबार , माघ ९, २०७८

बाघको डरले सम्साँझै बस्ती सुनसान , १३ जनाको मृ’त्यु, चौपायामाथि पनि निरन्तर आ’क्रमण,

पुष २२, २०७८ बिहिबार 49

पछिल्लो एक वर्षमा बर्दिया निकुञ्जमा बाघको आ’क्रम’णबाट १३ जनाको मृ’त्यु, चौपायामाथि पनि निरन्तर आक्र’मण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न रणनीतिक योजना लागू

गेरुवा, बर्दिया — मंसिरयता गेरुवा गाउँपालिका–४ राजीपुरकी निर्मला चौधरीको दिनचर्या बदलिएको छ ।

घाम नअस्ताउँदै घरभित्र छिरिसक्छिन् र उज्यालो भएपछि मात्र बाहिर निस्किन्छिन् । गत मंसिर १२ मा अपराह्नतिर घरबाट केही पर भैंसीलाई पानी

खुवाउन लगेका बेला निर्मलाका ससुरा कालुराम थारूलाई बा’घले आक्र’मण गरेर मा’रेपछि राजीपुर र गोला क्षेत्रका स्थानीयको दिनचर्या बदलिएको हो ।

‘साँझ नपर्दै घरभित्र छिरेपछि उज्यालो नभएसम्म बाहिर निस्कँदैनौं,’ निर्मलाले भनिन्, ‘दिसा–पिसाब पनि घरभित्रै कोपरामा गर्न बा’ध्य भएका छौं ।’

गाईभैंसी चराइरहेका र घाँस का’टिरहेका धेरै मानिस भएको ठाउँनजिकै रहेका कालुरामलाई बा’घले आक्र’मण गरेको थियो । राजीपुर र गोला जंगलनजिकै जोडिएका बस्ती हुन् ।

निकुञ्जको सीमानजिकैका यी बस्ती अचेल घाम नअस्ताउँदै सुनसान हुन्छन् । लाग्छ– बस्तीमा ‘कर्फ्यु’ लगाइएको छ ।

स्थानीयबासीका अनुसार तीन वर्षयता दुवै बस्तीमा दिनहुँजसो बा’घ छिरिरहेको छ । हात्तीको मात्र स”मस्या भोग्दै आएका यहाँका बासिन्दा अहिले बा’घका कारण बढी त्र’सित छन् ।

बाघको तुलनामा हात्तीले गर्ने क्ष’तिका घ’टना केही वर्षयता कम छन् । एकै दिन एउटा बस्तीमा बा’घले बित’ण्डा मच्चाइरहेको देखिन्छ भने नजिकैको अर्को बस्तीमा हात्तीले बबन्ड’र गर्ने गरेको छ ।

बस्तीको चारैतिर जंगल छ । ओहोर–दोहोर गर्नेक्रममा हात्ती बस्तीमा छिर्ने गरेका हुन् ९६८ वर्गकिमि क्षेत्र निकुञ्ज र ३२७ वर्गकिमि मध्यवर्ती क्षेत्र रहेको बर्दियामा सन् २०१८ को गणनामा ८७ वयस्क बाघ थिए ।

चार वर्षपछि अहिले सरकारले बर्दियासहित बा’घ रहेका सबै निकुञ्जमा गणना गरिरहेको छ । आक्र’मणका घट’ना बढेकाले निकुञ्जले धान्ने बा’घ संख्या (क्यारिङ क्यापासिटी) कति हो भनेर पनि अध्ययन गर्दै छ ।

 
गेरुवाका गोला र राजीपुर क्षेत्रमा २०७६ देखि बाघ बस्तीनजिक आउन थालेको स्थानीय बताउँछन् ।

त्यसअघि आक्कलझुक्कल घरपालुवा चौपायामाथि आक्र’मण गरे पनि मान्छेमाथि आ’क्र’मण गरेका घ’टना कम थिए । यो क्षेत्रमा २०७६ भदौमा एक महिलालाई बा’घले मारेको थियो ।

२०७७ कात्तिकमा अर्का एक पुरुषलाई मा’रेको थियो । तीन वर्षमा एउटै ठाउँमा बाघबाट तीन ज’ना मारि’एका छन् ।

गाई, भैंसी र बाख्रालगायतका पशुमाथि बाघले आ’क्र’मण गरेका घटना कैयौं छन् । बाघबाहेक कहिलेकाहीं चि’तुवाले पनि क्ष’ति गरेको छ ।

बस्ती पुग्ने निकुञ्जका हरेक कर्मचारीलाई स्थानीयले बाघ स’मातेर अन्यत्रै सारिदिन आग्रह गर्ने गरेका छन् । ‘यो बस्तीका ३२ घरमध्ये सबै कुनै न कुनै घ’टनाबाट पीडि’त छौं,’ राजीपुरका राजु चौधरीले भने, ‘बस्ती छेउबाटै बाघ कराउँदै हिँड्छ ।

धेरै पटक गोठबाटै गाईगोरु र बाख्रा ताने’र लगेको छ । बरु, दिसा–पिसाब घरभित्रै गर्छौं बाहिर निस्कने आँट छैन ।’ बस्तीमा सबैका शौचालय घर बाहिर छन् ।

मान्छे र पशुमाथि आक्र’मण गर्न थालेपछि निकुञ्जले बाघ पहिचान गर्न र तिनको आउजाउ अनुगमन गर्न बस्ती आसपास स्वचालित क्यामेरा जडान गरेको थियो ।

क्यामेरा ज’डानपछि गत मंसिर १२ मा कालुराम थारूलाई दिउँसै आक्रमण गर्ने बाघले भोलिपल्टै बस्तीमा छि’रेर एउटा भैंसीलाई आ’क्रम’ण गरेको पुष्टि भएको थियो ।

त्यसलगत्तै निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को बर्दिया संरक्षण कार्यक्रमका प्राविधिकले त्यो बाघलाई नियन्त्रणमा लिएका छन् ।

प्रतिकृया दिनुहोस्