आइतबार , माघ ९, २०७८

आमा बि’त्दा छोराहरू आउँदै नआएपछि, चार छोरीले गरे अन्तिम सं’स्कार

पुष २२, २०७८ बिहिबार 61

हिन्दु परम्पराअनुसार आमाबुवाको मृ’त्युपछि दाहसं’स्कार छोराले नै गर्ने चलन छ।

अझ मृ’तकको श’वलाई काँधमा राखेर आर्यघा’टसम्म छोराले नै लैजानु पर्ने मान्यता छ।पछिल्लो समय छोरा नहुने अभिभावकको मृ’त्युपछि छोरीले अन्तिम संस्का’र गरेका थुप्रै उदाहरण छन्।

बेलाबखत छोराछोरी दुबै मिलेर दा’हसंस्का’र गरेका घ’टनाहरू पनि बाहिरिने गर्छन्।

भारतको ओडिसा राज्यमा भने छोराहरूको अनुपस्थितिमा छोरीहरूले आमाको अ’न्तिम सं’स्कार गरेका छन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार

मंगलाघाटमा बस्ने ८० वर्षीया जाति नायकको आइतबार मृ’त्यु भयो। उनको दा’हसंस्कार गर्न छोराहरू नपुगेपछि चार छोरीहरू मिलेर अन्तिम सं’स्कार गरेका हुन्। उनका दुई छोरा र चार छोरीहरू छन्।

मृ’तक जातिको छिमेकीका अनुसार छोराहरू नआएपछि दिदी-बहिनीले नै आमाको श’वलाई काँधमा बोकेर चार किलोमिटर टाढा रहेको आ’र्यघाटसम्म पुर्‍याए।

धेरै बेरसम्म कुर्दा पनि भाइहरू नआएपछि छिमेकीकै सहयोगमा उनीहरूले आमाको श’व आफैंले लैजाने निर्णय गरेका थिए।

श्रीमानको मृ’त्युपछि जातिले निकै दुःख गरेर छोराछोरीलाई हुर्काएकी थिइन्। उनले बाटोमा ठेला राखेर छोराहरूलाई पढाइन्।

तर उनीहरू अन्तिम पटक आमाको अनुहार हेर्नसमेत आएनन्।मृ’त्युअघि पनि छोराहरूले उनको वास्ता गर्दैन थिए।

‘आमाले पहिले नै छोराहरूले मेरो वास्ता गर्दैनन् भन्नुहुन्थ्यो,’ मृ’तकका जेठा ज्वाइँले भने, ‘आमा हामीलाई भेट्न केही दिनअघि आउनुभएको थियो।

तब उहाँले तिमी नै मेरो जेठो छोरा हौ किनकी कहिले पनि छोराले मेरो वास्ता गरेनन्, मलाई धेरै वर्षदेखि भेट्न पनि आएका छैनन् भन्नुभएको थियो।’

प्रतिकृया दिनुहोस्