आइतबार , माघ ९, २०७८

नेतालाई ‘धम्क्याउने’ एसपी पाण्डे निलम्बित !

पुष २३, २०७८ शुक्रबार 50

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ ।

सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई ध’म्की दिएपछि छानबिनमा

परेका एसपी पाण्डेलाई तीन महिनाको लागि निलम्ब’न गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक

आच’रणविपरीत गतिविधि गरेको आ’रोपमा अनु’सन्धानका लागि पाण्डेलाई तीन महिना निल’म्बन गरिएको बताए ।

उनले भने, ‘समिति बनाएर अब छानबिन हुन्छ ।’पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

कांग्रेस सिरहाका जिल्ला सभापति यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी पाण्डेले आफूलाई गोली हान्ने ध’म्की दिएको दाबी गरेका थिए ।

यादवले विज्ञप्ति जारी गर्दै मा’दक पदार्थ सेवन गरीआइतबार राति पाण्डेले घरमै आएर अप-शब्द, गा’लीगलौ’ज गरी गो’ली हान्ने ध’म्की दिएको बताएका थिए ।

ज्यान मार्ने धम्की दिएको भन्दै यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेवि’रुद्ध जाहेरी दिएका थिए ।

प्रतिकृया दिनुहोस्