आइतबार , माघ ९, २०७८

जमिन धितो राखेर ट्रक किनेका थिए, सीके राउतका कार्यकर्ताले आगो लगाइदिए

पुष २३, २०७८ शुक्रबार 49

सर्लाही : “पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर किनेको ट्रक जनमत पार्टीका कार्यकर्ताहरूले आ’गो लगाएर ज’लाइदिएँ,

अब बैंकको ऋण कसरी तिर्ने ?” धनुषा मिथिला नगरपालिका-९ का ट्रकका धनीसमेत रहेका चालक विजय साहले रुँदै भने। 

उनले पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेका थिए।

ट्रकको आम्दानीले ऋण तिर्ने योजना बनाए पनि अहिले उनको ट्रक ज’लेर ख’रानी भयो। उनले रुँदै फोनमा भने, “अब ऋण कसरी तिर्ने ठूलो आपत आइ’लाग्यो म माथि ।

जनमत पार्टीका कार्यकर्ताले ब’न्दको अव’ज्ञा गरेको भन्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत

सिरहाको मिर्चैया बतहाखोला नजिकै हिमालय सुगर मिल्समा उखु पुर्‍याएर पश्चिमतर्फ जाँदै गरेको ना.५ ख. १००९ नम्बरको ट्रकमा आज बिहानै आ’गजनी गरेका हुन्। 

साहले भने, “जनमतका कार्यकर्ताहरूले एक्कासि ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर ट्रक रोकें, रोक्नेबित्तिकै तिनीहरूले ट्रकमा पेट्रो’ल छर्केर आ’गजनी गरे। मैले केही बुझ्नै सकिनँ।

हेर्दा हेर्दा मेरो आँखा अगाडि ट्रक ज’लिरह्यो। म हेरिरहें। मेरो दिमागले केही कामै गरेन।” 

घा’इते साह र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रकमा लगाइएको आ’गोलाई प्रहरीको सहयोगले नियन्त्रणमा लिइए पनि ट्रक पूर्ण रूपले ज’लेर क्ष”तिग्रस्त भएको छ।

प्रतिकृया दिनुहोस्