आइतबार , माघ ९, २०७८

मोटरसाईकल दुर्घ’टनामा हुँदा माओ’बादी सांसद राईको छोरासहित दुईजनाको मृ’त्यु

पुष २४, २०७८ शनिबार 55

सवारी दुर्घटनामा परी नेकपा माओबादीका प्रदेश सांसद रिपुप्रसाद राई ‘देवान’का छोरासहित दुईजनाको मृ’त्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० स्थित कोशी लोकमार्गमा मोटरसाईकल दुर्घट’ना हुँदा उनीहरुको मृ’त्यु भएको हो ।

माओबादी नेता इन्द्र आङ्बोका अनुसार प्रदेश १ सांसद राईका २१ वर्षीय छोरासहित उनका फुपूको २५ वर्षीय छोरा दुर्घ’टनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले भने बसको ठ क्क रबाट घ’टना भएको जानकारी दिएको छ ।
 

मृत्यू हुनेमा संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय सन्तोष राई र सोही ठाउँका २० वर्षीय अभि राई रहेका छन् ।

राती साढे ७ः०० बजे सुनसरीको धरानदेखि इटहरी तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ८१९६ नम्वरको बसले बिपरीत दिशाबाट आउँदै गरेको को २७ प २१९ नम्वरको मोटरसाईकललाई ठ क्क र दिँदा मोटरसाईकलमा सवार सांसदपुत्रसहित दुवैजना घाइ’ते भएका थिए ।

 
मोटरसाईकल चालक संतोष राई र पछाडि सवार अभि राईलाई उपचारको लागि घ”टनास्थलबाट उद्दार गरी तत्काल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो ।

 
उपचारको क्रममा घोपाभित्रै दुवै जनाको मृ”त्यु भएको धरान प्रहरीले जनाएको छ ।

ठ क्क र दिने बस र सुनसरीको इटहरी वडा नम्बर ४ घर भएका चालक टीकाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिकृया दिनुहोस्