आइतबार , माघ ९, २०७८

के अभिनेता रमेश उप्रेतीको श्रीमती किरणसँग डिभोर्स हुन लागेको हो ?

पुष २५, २०७८ आइतबार 44

अभिनेता रमेश उप्रेती र उनकी पत्नी किरणको जोडी निकै चर्चित जोडी हो । प्रेम विवाह गरेका उनीहरुको माया सामाजिक सञ्जालमा पनि निकै पोखिन्थ्यो ।

रमेशले आफ्नो नामको पछाडी पनि श्रीमतीको नाम राखेका थिए । त्यसैले पनि उनीहरुबीच निकै गहिरो माया भएको अनुमान लगाउन सकिन्थ्यो ।

तर एक समयका लोकप्रिय अभिनेता रमेश उप्रेती पारिवारिक घटनाका कारण अहिले पनि चर्चामा छन्।

पछिल्लो समय फिल्म अभिनयमा भने उनी त्यति सक्रिय छैनन् । त्यसरी निकै माया गर्ने श्रीमती किरण राणासंग डिभोर्स हुन लागेको चर्चा अहिले नेपाली फिल्म वजारमा चलेको छ ।

उनीहरु अहिले एउटै घरमा समेत नबस्ने बताइएको छ । त्यसैले रमेश र किरणको विवाह राम्रो नचलेको गसिफले मिडिया तातेका छन् । उनीहरु करिब ६ महिनादेखि अलग बस्दै आएको चर्चा समेत चलिरहेको छ ।

यद्धपी दुवै जनाले यस वारेमा औपचारीक अभिब्यक्ति सार्वजनिक गरेका छैनन् ।

प्रेम विवाह गरेका रमेश र किरणको सन्तान भने भएको छैन । दुबै लामो समय अमेरिका बसेर केही समय अघि मात्र नेपाल फर्किएका हुन् ।

नेपाल फर्किएपछि रमेशले ‘ब्रासलेट’ मार्फत फिल्म अभिनयमा कमब्याक गरेका छन् । त्यसपछि ‘ऐश्वर्या’ निर्माण गरेका थिए । त्यो फिल्ममा निर्माता किरण नै थिइन् ।

सामाजिक सञ्जालमा श्रीमती प्रति निकै माया देखाउने रमेशले अचानक आफ्नो नामको पछाडी जोडेको किरणको नाम हटाएका छन् ।

यसले पनि उनीहरुको विवाह छुट्ने को बारेमा चलेको चर्चालाई थप बल पुगेको छ ।

बूढानीलकण्ठमा रहेको सीजी भिल्लामा बस्दै आएका रमेश र किरण अहिले अलग रहँदै आएको र डिभोर्स अदालती प्रक्रियामा रहेको बताइन्छ ।

तर, अभिनेता रमेश भने श्रीमतीसँगको डिभोर्सको कुरामा सत्यता नभएको बताउँछन् । ‘बाहिर के–के ह ल्ला हुन्छ । त्यसको पछि म लाग्दिन’ रमेशले भने ।

प्रतिकृया दिनुहोस्