आइतबार , माघ ९, २०७८

छिमेकी मुलुकमा त्रा’ स बढेसङ्गै, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना, सबैले पढ्नैपर्ने ( भीडियो सहित )

पुष २५, २०७८ आइतबार 87

छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

नआइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रा’स नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन्।

उनले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका हुन् ।

नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाण्डाै – नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो ।

यी नमुना देशभरबाट सङ्कलन गरिएका हुन् । यसअघि नेपालमा तीन जनामा ओमिक्रोनकाे सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या २७ जना पुगेको छ ।

ओमिक्रोन भेरियन्ट फैलिएको पाइएपछि यसका कारण हुन सक्ने बिरामीको चापलाई ध्यान दिएर स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अरू सामग्रीको जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ ।

सीमा नाकामा कोरोना परीक्षणलाई थप प्रभावकारी बनाउने तथा सङ्क्रमण देखिएका व्यक्तिलाई आइसोलेशनमा राखिने विज्ञप्तिमा उल्लेख छ ।

काठमाण्डाैका वीर, निजामती, वीरेन्द्र सैनिक, टिचिङ, प्रदेश २ को प्रदेश जनप्रयोगशालामा एस–जिन सिक्वेन्सिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणको दर पनि बढिरहेको छ । मन्त्रालयले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डलाई पालना गर्न अनुरोध पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्