आइतबार , माघ ९, २०७८

ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन बिद्यालय बन्द गर्न माग

पुष २५, २०७८ आइतबार 51

नेपाली कांग्रेसका नेता नैनसिंह महरले भाइ`रसको नयाँ भेरियन्ट ओमिक्रोनको जो`खिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ ।

थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’

विषयक अन्तक्र्रियामा उहाँले मुलुकमा पुनः कोरोनाको जो`खिम बढेकाले बालबालिकालाई त्यसको खत´राबाट बचाउनुपर्नेमा जोड दिनुभएको हो ।

नेता महरले भन्नुभयो, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि को`रोना स`ङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ ।

यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।

”नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहनुभएका उहाँले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको छ भन्नुभयोे ।

को`रोना महा`मारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा ।

उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो । ताजा खबर बाट

प्रतिकृया दिनुहोस्