आइतबार , माघ २, २०७८

नारायणहिटी प्रकरण : काठमाडौं महानगरले बतासलाई दियो अनुमति, के गर्लान् मन्त्री आले ?

पुष २५, २०७८ आइतबार 31

काठमाडौं महानगरपालिकाले बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयभित्र होडिङ बोर्ड पनि राख्न दिने भएको छ ।

महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएको हो । यसअघि दरबारकै अघिललो भागमा यति ग्रुपलाई पनि विज्ञापन बोर्ड राख्न महानगरपालिको अनुमति दिएको थियो ।

यसअघि नै महानगरपालिकाले गत साउन अगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिएको थियो ।

नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का हात पारेको कम्पनीलाई नै महानगरपालिकाले ठूलो आकारको होडिङ बोर्ड राख्न अनुमति दिएको खुलेको हो ।

कानूनले यसरी स्मारक क्षेत्रमा होर्डिङ बोर्ड राख्न निषे’ध गरेको छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ले सम्पदा क्षेत्र विरुप हुने भएकाले विज्ञापन बोर्ड राख्न अनुम’ति नदिने गरी स्पष्ट व्यवस्था गरेको छ ।

ऐनमा पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटा’एमा वा परिवर्तन गरेमा वा कुनै किसिमले ।

हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

नारायणहिटीभित्र बतासले बनाएको संरचना संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा भत्का’इएको छ ।

काठमाडौं महानगरपालिकाले नै होडिङ बोर्ड राख्न दिने अनुमति दिएसँगै अब मन्त्री आलेले के गर्लान् ? भन्ने आम चासो रहँदै आएको छ ।

बतास समूहले नारायणहिटीभित्र संरचना बनाएपछि प्रधानमन्त्री शेरबहाद्र देउवासमेत विवा’दमा तानिएकी छिन् ।

प्रतिकृया दिनुहोस्