आइतबार , माघ ९, २०७८

सम्पत्ति लुट्नका लागि गणतन्त्र ल्याएको होइन, जनताको शीर झुक्ने काम हुन दिन्न : प्रेम आले

पुष २६, २०७८ सोमबार 36

पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले राज्यको सम्पत्ति कौडीको भाउमा बेचिनबाट जोगाउन नारायणहिटीबाट बतास समूहलाई हटाएको बताएका छन् ।

संग्रहालयका अमूल्य सम्पत्ति बेचिनबाट रोक्न आफ्नो कदम सही रहेको मन्त्री आलेले दाबी गरे ।

होटल व्यवसायी महासंघ नेपालको नवौं वार्षिक साधारण सभाको शनिवार रूपन्देहीको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले नारायणहिटी संग्रहालयको सम्पत्ति कतैबाट पनि नासिन नहुने स्पष्ट पारे ।

‘राजतन्त्रकालको सम्पत्ति लुट्नका लागि गणतन्त्र ल्याएको होइन । नारायणहिटीको सम्पत्ति नासिनु हुँदैन,’ आलेले भने । जनताको शीर झुक्ने काम हुन नदिने उनले स्पष्ट पारे ।

आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ महिनामा सञ्चालन हुने बताए । मन्त्री आलेले भने, ‘विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) को लागि तयारीमा छौं ।

त्यसको गृहकार्य भइरहेको छ । अहिले विमानस्थलमा लाइटिङ, एयर कन्डिसन र इलेक्ट्रिक सप्लाइको काम भइसकेको छ ।’

विमान अवतरण गर्ने क्रममा केही भाग भारतमा छुने भएकाले भारतसँग पनि कुराकानी भइरहेको मन्त्री आलेले बताए ।

यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी गराइएको उनले बताए । विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनले बताए ।

चुनावमा प्रचण्ड र माधव नेपालसँग गठबन्धन गर्ने हो भने काग्रेस नमज्जासँग पछारिन्छ :डिला संग्रौला

नेपाली काग्रेसको १४ महाधिवेशनमा महिला तर्फको केन्द्रिय सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएकी डा डिला सग्रौलाले आगामी निर्वाचनमा काग्रेसले कुनै पनि हालतमा अरु दल सँग गठबन्धन गर्न नहुने बताएकी छिन् ।

काग्रेसले प्रचण्ड र माधव नेपालहरु सँग गठबन्धन गर्ने हो भने नमिठो पराजय बेहोर्नु पर्ने पनि डा संग्रौलाले बताएकी छिन् ।

काग्रेसले आफ्नै शक्तिको आडमा चुनावको सामना गर्ने हो भने मात्रै जित्न सक्ने तर कम्युनिष्ट बाकेर जाने हो भने झन खराब अवस्था आएर प्रतिपक्षमै बस्नु पर्ने अवस्था आउँने उनले बताएकी छिन् ।

डा संग्रौलाले गठबन्धन नगरे पनि काग्रेस आफ्नै आन्तरिक कारणले पनि निर्वाचनमा पराजित हुन पर्ने बताएकी छिन् । पार्टीमा मौलाएको गुट उपगुटका कारण कांग्रेसले आगामी चुनावमा शर्मनाक हार बेहोर्न पर्ने चेतावनी दिएकी छन् ।

महाधिवेशनको तीता मिठा कुरा र गुट उपगुट विर्सिएर सबै नेता कार्यकर्ता तीनै तहको निर्वाचनका लागि नजुटेको खण्डमा आगामी निर्वाचनमा पुनः हार निश्चित रहेको उनले टिप्पणी गरेकी छन् ।

बिहीबार प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले अब महाधिवेशनको इगो कसैले पनि लिन नहुने बताएकी हुन् ।

भविष्यमा तिन तहको निर्वाचन हुदैछ। अव महाधिवेशनको इगो कसैले राख्नु हुँदैन । यति इगो राखेर चुनावमा गएको काँग्रेसले शर्मनाक हार बेहोर्नेछ,’ संग्रौलाले भनिन् ।

साथै आगामी निर्वाचनहरुमा कांग्रेसले गठबन्धनबाट चुनाव लड्न नहुने पनि उनले बताएकी छन् । गठबन्धनबाट चुनाव लडेको खण्डमा कांग्रेस पुनः दोस्रो पार्टी बन्ने उनले दाबी गरेकी छन् ।

कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न सक्दैनन् भन्ने सिद्ध भैसकेकोले अब देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने संग्रौलाले बताएकी छन् ।

प्रतिकृया दिनुहोस्