आइतबार , माघ ९, २०७८

रेष्टुरेन्ट, फिल्म हल, पार्क र क्लबमा छिर्न खोप कार्ड अनिवार्य ,यस्तो निकाल्यो सुचना !

पुष २६, २०७८ सोमबार 44

आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

आज बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता सुनिता नेपालका अनुसार खोप कार्ड नभएका व्यक्तिहरुले ती स्थानमा प्रवेश पाउनेछैनन् ।

खोप कार्ड देखाएर मात्रै प्रवेश दिने निर्णय सीसीएमसीले गरेको प्रवक्ताले बताइन् । यो निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको छ ।

पछिल्लो दिनमा कोभिड–१९ संक्रमणमा वृद्धि भएपछि सरकारले भीडभाड हुने ठाउँलाई नियन्त्रण गर्न यस्तो नियम ल्याएको हो ।

अझ,सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।

यस्तै बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ ।

नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्