आइतबार , माघ ९, २०७८

मलेसियाकाे जेल अनुभव – ७ जनाको जेलभित्रै मृ’त्यु देख्दा ज्युँदै फर्किन्छु भन्ने आश थिएन

पुष २६, २०७८ सोमबार 46

तनहुँका बेलबहादुर थामी सन् २०१४ मा वैदेशिक रोजगारीको लागि मलेसिया उडेका थिए। उनलाई एजेण्टले त्यहाँ पुगेपछि राम्रो काम र तलव दिलाइदिने प्रलो-भन देखाएको थियो।

नेपालमा एजेण्टले भनेकै सेवासुविधा नपाएपनि बेलबहादुरले त्यहाँ ६ वर्षसम्म एउटै कम्पनीमा काम गरे।

उनी कार्यरत जेबीजीसी कम्पनीले कम्प्युटर सम्बन्धी हार्डवयर सप्लाइको काम गर्दथ्यो। बेलबहादुर पार्ट पुर्जा बनाउने डिपार्टमेण्टमा सहयोगी थिए।

९ सय तलब र ओभरटाइम गरेर मासिक १४ सय मलेसियन रिंगेटसम्म बेलबहादुरको कमाइ हुन्थ्यो। ६ वर्षसम्म ठिकै चलिरहेको कम्पनी त्यसपछि भने विस्तारै चल्न छोड्यो।

बेलबहादुरको भिसाको म्याद पनि सकिदैँ थियो। तर, कम्पनीले भिसा थप्ने सुर नै गरेन।

भिसा नवीकरण नहुनेभएपछि उनीसँगै गएका कतिपय साथी नेपाल फर्किए। तर,बेलबहादुरलाई भने अझै पैसा कमाउने इच्छा जाग्यो। उनले घर नफर्किने सोच बनाए। यहीबीचमा उनलाई मलेसियाको अर्काे एउटा सुरक्षा गार्ड सप्लाई गर्ने

कम्पनीबाट प्रस्ताव आयो । उक्त कम्पनीका मालिकले भिसा लगाइदिने र मेडिकल रिपोर्ट लिएर आउन भनेका थिए। बेलबहादुरले पनि नयाँ काम पाइने आशामा मालिकले भनेजस्तै गरे। नयाँ कम्पनीमार्फत सुरक्षा गार्डको काम सुरु गरे।

तर, मालिकले भने पहिला आश्वासन दिएकाे कुरा पूरा गरेनन्। भिसा लागेन।

बेलबहादुर अवैधानिक हैसियतमा पुगे। गैरकानूनी रुपमा काम गर्दा आफूलाई धेरै गाह्रो परेको बेलबहादुर बताउँछन्। ‘भिसा नहुँदा धेरै समस्या झेल्नु प¥र्‍यो। प्रहरी चेकजाँचमा लुकेर बाँचिन्थ्यो,’ उनले सुनाए।

सन् २०१९ देखि मलेसिया सरकारले आफ्नो मुलुकमा रहेका अवैधा’निक विदेशी नागरिकलाई स्वदेश फर्कन आममाफी कार्यक्रम (ब्याक फर गुड)को अवसर दियो।

यो अवसरको सदुपयोग गरेर हजारौँ नेपाली मलेसियाबाट स्वदेश फर्किए पनि । तर, बेलबहादुरले भने यो अवसरको सदुप’योग गरेनन्। उनले अझै लुकेरै काम गर्ने निधो गरे।

यता मलेसियन सरकार भने आममा’फीको अवधी सकिएसँगै अवैधा’निक आप्रवासीलाई कानूनी कार’वाही गर्ने हेतुले कडा अप्रे’सनमा ओर्लि’यो।

अध्यागमन विभागले विभिन्न स्थानमा छापा मार्न थाल्यो। अवै’ध कामदारको हकमा जरि’वाना रकम तथा जे’ल सजायको अवधि पनि बढायो।

को-भिड–१९ भाइ’रसका कारण मलेसिया लक-डाउनमा थियो। त्यहीबेला मलेसियन सरकारले अवैध आप्रवासीलाई धमाधम पक्रा’उ गर्न थाल्यो। सन् २०२१ को १३ अक्टुबरमा बेलबहादुर पनि पक्रा’उ परे। कम्पनीमा काम गरिरहेका बेला अध्यागामान विभागका अधिकारीले उनलाई समातेका थिए।

‘पासपोर्ट मागेको थियो। तर, मालिकसँग भएकोले देखाउन पाएन। भिसा नभएकोले आइडी कार्ड पनि थिएन। केही प्रमाण छैन भनेर समाती हाल्यो,’ प’क्राउ पर्नेबेलाको क्षण सम्झदैं उनले भने,‘हतकडि लगाइदियो,’

फोटो खिच्यो, अनि पेकनास जे’लमा लगेर थुनि’हाल्यो।’
मलेसियाको जेल निकै क’ष्टपूर्ण रहेको बेलबहादुर बताउँछन्। जे’लमा बेलबहादुरसँगै अन्य विभिन्न देशका कै’दी पनि थिए।

जे’लमा आफूलाई प्रहरीले धेरै पटक ल’ठीले हानेर उठबस गराएको उनले बताए। मलेसियका जे’लमा मानवीयता नहुने बेलबहादुर सुनाउँछन्।

‘खाना एकदमै थोरै दिने, पेट पनि नअघाउने। आदि पाकेको खाना हुन्थ्यो। तरकारी त अझ खाली पानीमा उमालेको बन्द गो’भी।

पिउने पानिको पनि उस्तै समस्या,’ बेलबहादुरले जेलको भोगाइ सुनाए। जेलमा रहँदा उनलाई लाग्थ्यो– ठूलो ग’ल्ती गरेको छैन्। कसैको चो’रेको, कसैलाई मारेको पनि होइन। ढिलो चाँढो नेपाल फर्किन पाइन्छ। -प्रवास खबर बाट

प्रतिकृया दिनुहोस्