आइतबार , माघ ९, २०७८

सरकारी खर्चमा भोज भतेर गरे कारबाहि हुन्छ, बिल पास हुदैन : जनार्दन शर्मा

पुष २७, २०७८ मंगलबार 51

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक खर्चलाई मितव्ययी बनाउन अर्थ मन्त्रालयले मापदण्ड तोकेको छ ।

तोकिएको मापदण्ड अनुसार विदेशी अतिथि तथा पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोज भतेर गर्न रोक लगाइएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जनाएको हो ।

नियमित प्रकृतिका कामलाई कार्यक्रम खर्चमा राखि सञ्चालन गर्न नपाइने र कार्यक्रम खर्चबाट मर्मत, इन्धन, बैठक भत्ता जस्ता खर्चमा समेत लेख्न नपाइने गरी अर्थले मापदण्ड तोकेको छ ।

अतिरिक्त भत्ता नपाइने सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन तयार पारिएको मापदण्ड अनुसार प्रोत्साहन भत्ता, अतिरिक्त काम गरे वापतको भत्ता,

जोखि’म भत्ता, विशेष भत्ता तथा खाना खाजा लगायत शीर्षकमा कुनै पनि प्रकारको भत्ता प्रदान नगरिने उल्लेख छ ।

यस्तै ,नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्र’मण पुष्टि भएको छ ।

१४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्र’मण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार १९७ जना सङ्क्र’मणमुक्त भएका छन् भने १६ जनाको मृ’त्यु भएको छ ।

प्रतिकृया दिनुहोस्