आइतबार , माघ २, २०७८

मन्त्री आले चढेको कार दुर्घ’टना, चालक नियन्त्रणमा

पुष २८, २०७८ बुधबार 30

पर्यटनमन्त्री प्रेम आले चढेको कार दुर्घ’टनामा परेको छ ।

कैलालीको धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आले सवार गाडी दुर्घ’टनामा परेको हो । दुर्घ’टनामा मन्त्री आले सुरक्षित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मंगलबार साँझ साढे आठ बजे

विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सुप ०१ ००१ झ ३३३ नम्बरको गाडीलाई कारले ठक्क’र दिएको हो ।

बा ४६ प १३७७ नम्बरको कारले गाईलाई ठक्क’र दिएर अनियन्त्रित भई मन्त्री सवार कारलाई ठक्क’र दिएको जोशीको भनाइ छ ।

दुर्घ’टनामा कुनै मा’नवीय क्ष’ति नभएको र कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।

मन्त्री आले कञ्चनपुर जाने कार्यक्रम रहेको थियो ।
रातोपाटीबाट

प्रतिकृया दिनुहोस्