आइतबार , माघ २, २०७८

काभ्रे एमालेमा गोकुल बास्कोटा पक्षको लजास्पद हार ,यस्तो आयो नतिजा !

पुष २८, २०७८ बुधबार 35

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । मत गणना सोमबार राती सम्पन्न भएको हो ।

मत गणनाको नतिजा अनुसार उपाध्यमा चन्द्र लामा ६३९ मत सहित विजयी हुनुभएको छ ।

उपाध्यक्षका उम्मेदार कन्ञ्च अधिकारीले ३९३ मत र हरिशरण दाहालले ३३१ मत प्राप्त गर्नु भएको छ ।

सचिबमा राजन भुर्तेल ७३७ मत सहित विजयी हुनुभएको छ । इन्द्र बहादुर तामाङ ६२६ मत ल्याएर पराजित हुनुभएको छ ।

उपसचिबमा कुमार तिमल्सिना ३७५ मत, राजकुमार सापकोटा ३७५ मत, महेश्वर जंगम ७२ मत, बिदुर हुमागाई २०४ मत र दिलिप लामाले ३३७ प्राप्त गर्नुभएको छ ।

अधिवेशन १४ सय ३५ जना प्रतिनिधिमा १३ सय ६३ मत खसेको थियो ।

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मत गणना सम्पन्न भएको छ । मत गणना सोमबार राती सम्पन्न भएको हो ।

मत गणनाको नतिजा अनुसार उपाध्यमा चन्द्र लामा ६३९ मत सहित विजयी हुनुभएको छ । उपाध्यक्षका उम्मेदार कन्ञ्च अधिकारीले ३९३ मत र हरिशरण दाहालले ३३१ मत प्राप्त गर्नु भएको छ ।

सचिबमा राजन भुर्तेल ७३७ मत सहित विजयी हुनुभएको छ । इन्द्र बहादुर तामाङ ६२६ मत ल्याएर पराजित हुनुभएको छ ।

उपसचिबमा कुमार तिमल्सिना ३७५ मत, राजकुमार सापकोटा ३७५ मत, महेश्वर जंगम ७२ मत, बिदुर हुमागाई २०४ मत र दिलिप लामाले ३३७ प्राप्त गर्नुभएको छ ।

अधिवेशन १४ सय ३५ जना प्रतिनिधिमा १३ सय ६३ मत खसेको थियो ।

यो पनि हेर्नुहोस,

एमाले ओखलढुंगाको अध्यक्षमा शंकर कटुवाल विजयी, यी हुन निर्वाचित हुने पदाधिकारी

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कटुवाद भारी मतान्तरसहित विजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा कटुवालले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गर्नुभएको हो ।

कटवालले ४०० मत ल्याउनु भयो । उहाँलाई नेताहरु बालकृष्ण ढु‌गेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गर्नुभएको छ ।

पराजित भएका गुरुङले २७६ मत पाउनु भयो । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गर्नुभएको थियो ।

उपाध्यक्षमा भारी मतसहित हर्कबोल राई निर्वाचित हुनुभयो । उहाँले ४१३ मत पाउँदा प्रतिद्वन्द्वी रञ्जित धमलाले ३४६ मत ल्याउनु भयो । यस्तै सचिवमा कमल न्यौपाने विजयी हुनुभयो ।

प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत पाउनु भयो । यस्तै उप सचिवमा मणिराज राई र अशोक थापा निर्वाचित हुनुभएको छ । राईले ३५४ र थापाले ३३७ मत प्राप्त गर्नुभएको छ ।

अन्य सदस्यहरु यस अघि नै निर्वाचित भइसकेका छन् । ७५ जना सदस्यमध्ये सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लोकप्रिय मत ल्याएर बिजयी भएका छन् ।

त्यस्तै झनक कार्की, उमेश कार्की, बुद्ध श्रेष्ठ, बलबहादुर परियार, दिनेश श्रेष्ठ लगायत युवाहरु खुल्ला सदस्यमा निर्वाचित हुनुभएको छ ।

अल्पसंख्यक कोटामा ३ युवाहरु निर्वािचत भएका छन् । दावा शेर्पा, हेम सुनुवार र रिञ्जी शेर्पा बिजयी हुनुभएको छ । पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको एमालेको ९औं जिल्ला अधिवेशनले बहुसंख्यक युवाहरुलाई पदािधकारीदेखि सदस्यसम्म निर्वाचित गरेको छ ।

प्रतिकृया दिनुहोस्