आइतबार , माघ २, २०७८

स्कन्द पुराणमा लेखिएजस्तो पदचिह्न भेटियो

पुष २९, २०७८ बिहिबार 31

काठमाडौं : स्कन्द पुराणको मानस खण्डको १५७ अध्यायमा डोटीको जोरायलमा श्रीकृष्ण भगवा’न्का पदचिह्न रहेको उल्लेख छ। त्यससँगै मिल्दोजुल्दो लाग्ने पाइतालाको आकृति कुँदिएको ढुंगा हालै जोरायल गाउँपालिकाकै वडा नम्बर २ वि’ष्णुपादुकामा भेटिएको छ।

जुन श्रीकृष्ण भगवान्का दुई पाउ भएको दाबी जगद्गुरु मोहनशरण देवाचार्यले गरेका छन्। पुरातत्त्व विभागले भने त्यसको अध्ययन गरी पुष्टि गर्न बाँकी छ।

‘१८ पुराणमध्ये श्रीमद् स्क’न्द महापुरा’णको मानस खण्डको १५७ अध्यायमा उल्लेख भएको भगवान् श्रीकृष्णको दुवै पाउ फेला परेको छ। यस हिसाबले यी पाउ साढे पाँच हजार वर्ष पुराना हुन्’,

जगद्गुरु देवाचार्यले अन्नपूर्ण पोस्ट्सित भने, ‘मानस खण्डमा पढेपछि फेला पर्छ कि भनेर खोज्ने सोच आयो। सात वर्षको अथक प्रयासपछि बल्ल भेटियो।

’ यस्तो अमूल्य निधि राष्ट्रमा दुर्ल’भ हुने जगद्गुरु देवाचार्यको भनाइ छ। उक्त स्थान फलाद्री र गरुडा पर्वतको मध्यभागमा कालंगा गंगाको किनार रहेको उनको भनाइ छ। यो नदीलाई मानस खण्डमा वीर्यवती नदी पनि भनिएको छ।

‘हिमालदेखि तराई र पूर्वदेखि पश्चिम नेपालको चारकि’ल्लाभित्र श्रीकृष्णको पदचिह्न कहीँ छ भने यही मात्र छ। यो आधि”कारिक र प्रामा’णिक हो’, उनको तर्क छ। स्कन्द पुराणको हिमाद्री खण्ड हिमवत खण्ड र मानस खण्डले नेपालका समग्र धार्मिक क्षेत्रको व्याख्या गरेको पाइन्छ।

मानस खण्डको १५७ को ४०, ४१ र ४२ नम्बर संस्कृतका श्लोकमा यस्तो लेखिएको छ, ‘सिद्धहरूको वाणी सुनेर भगवान् श्रीकृष्णले त’थास्तु भनी सिद्धहरूसँग फलाद्री पर्वतमा चढ्नुभयो। पर्वत चढेर पार गरेपछि उहाँले फलाद्री र यज्ञपर्वत’हरूका मध्ये झरेको जरासन्धको आधा श’रीर देख्नुभयो।

यसै ठाउँमा श्रीकृष्णले यौटा शिलामा आफ्नो पदचिह्न अंकित गर्नुभयो। सिद्धहरूले स्तुतिगान गरी बिदाइ गरेपछि श्रीकृष्ण इन्द्रप्रस्थतिर जानुभयो। भगवा’न् श्रीकृष्णका

चरणचिह्न अंकित शिला अहिले पनि देख्न सकिन्छ। हे तपस्वीहरू हो ! यसकारण मानिसहरू भगवान् श्रीकृष्णका पदचिह्नको दर्शन गरी भीमको स्तुति गर्दछन्।’

जगद्गुरुले आफ्नो महाकाली–मेची पैदल यात्राका क्रममा २०७२ सालमा श्रीकृष्णका पाउ (पाइताला)को खोजी सुरु गरेका थिए।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले उक्त सम्पदाबारे कुनै जानकारी नआएको बताए। ‘यदि भेटिएको छ भने विभाग”को टोली उक्त स्थानमा जानेछ र अध्ययन अनुसन्धान गर्नेछ’,

महानिर्देशक गौतमले भने, ‘पुष्टि भएपछि प्रक्रियाअनुसार अघि बढ्नेछौं।’ शास्त्रले प्रमाण गरेको कुरा भेटिन सक्ने वा’ल्मिकी विद्यापीठ

धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईले बताए। शास्त्रले भनेअनुसार भूगोलमा देखियो वा भेटियो भने त्यसलाई आधार मान्न सकिने प्रा.डा. भट्टराईको भनाइ छ। ‘अब त्यसलाई पुष्टि गर्ने काम पुरातत्त्व विभागको हो।

विभागले लिखित दस्तावेज र सोही स्थानमा पुगेर वा फोटोका आधारमा पुष्टि गर्न सक्छ’, उनले भने, ‘आजसम्म त्यसरी नै मान्दै आएका छौं।’

स्वयम्भूका पाउ भनेको सुनेदेखेकाले आफूले यो श्रीकृष्ण पाउसमेत नेपालमा तीनवटा पाउ भएको थाहा पाएको उनको भनाइ छ। सुनसरीस्थित विष्णु’पादुका जहाँ भगवान् विष्णुका पाउ पुजिन्छन्।

जुन सृष्टिकालको रहेको उनको भनाइ छ। ‘शास्त्रमा दृष्ट र अदृष्टका कुरा आउँछन्। अदृष्ट वर्णन गरिएको विषय हुन्छ अनि दृष्टचाहिँ भूगोलमा भेटिनु पर्‍यो’, उनले भने।

इतिहास एवं संस्कृतिविद् प्राध्यापक दिनेशराज पन्तका अनुसार यस्ता विषय पुरानै समयमा ले’खिएका हुन्छन्। यस्ता कुरामा पूरापुर विचार गरेर अध्ययन गरी प्रामाणिक रूपमा पुष्टि गर्नुपर्ने पन्तले बताए। जोरायलमा भेटिएको श्रीकृष्णको पाउ द्वापर युगको अ’न्त्यतिरको भएको उनको तर्क छ।

प्रतिकृया दिनुहोस्