आइतबार , माघ २, २०७८

यिनै हुन् आज बिहान कलेज जादै गर्दा सडक दुर्घ’टनामा परि ज्या’न गुमा’एका निश्चल बानियाँ

पुष २९, २०७८ बिहिबार 51

विराटनगर, २८ पुस-मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्या’क्टरको ठ’क्क’रबाट एक बिद्यार्थीको मृ’1त्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृ’त्यु भएको हो ।

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्ट’रले ठ’क्क’र दिँदा उनको घ’ट्नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ठ’क्क’र दि’ने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक तामाङको सवारी चालक अनुमति पत्र न’भएको प्रहरीको भनाइ छ ।

मृ’तक बानियाँको श’वलाई पो’ष्टमा’र्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।

अभिनेता विपिन कार्कीलाई बलिउडवाट अफर, अब छिटै मुम्बई जाँदै

काठमाडौ । नेपालमा निकै चर्चित फिल्म दिएका अभिनेता विपिन कार्की अब बलिउडमा पनि डेब्यु गर्ने भएका छन् । उनलाई बलिउड फिल्मवाट अफर आएको विपिनले बताएका छन् ।

नेपाली सिनेक्षेत्रमा थुप्रै सफल फिल्ममा अभिनय गरिसकेका विपिनको कामको मुल्याकंन भएको छ ।

नेपाली कलाकारले पनि अन्तराष्ट्रिय फिल्ममा काम गर्न पाउनु एउटा राम्रो अवसर हो । विपिनले ‘एनिम’ल’ नामक फिल्ममार्फत बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

‘कलाकार कार्कीले पशुपती प्रसाद’, ‘सेल्फी किङ्ग’, ‘प्रसाद’लगायतका निकै सफल फिल्म नेपाली दर्शकलाई दिएका छन् । कार्कीलाई ‘एनिमल’को निर्माण पक्षले अभिनयका लागि प्रस्ताव गरेको बताइएको छ ।

बलिउड अभिनेता अनिल कपुर र रणविर कपुरलगायतका कलाकारको अभिनय रहने यो फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्ने छन्।

प्रतिकृया दिनुहोस्