आइतबार , माघ ९, २०७८

धादिङ घटना : हराएकाहरुको खोजी र उद्दा’रका लागि प्रहरी लिएर गयो हेलिकप्टर

पुष २९, २०७८ बिहिबार 42

काठमाडौ । धादिङमा भएको घ’टनामा परि हराएकाहरुको खोजी र उद्दारका लागि प्रहरी सहितको टोली घट’नास्थल तर्फ गएको छ ।

धादिङको गएको पहिरोले डोजर पुरीदा ३ जना हराएका छन्। उनीहरुको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ ।

बाटोबाट करिब ६० मिटर तल पहिरो खसेको र त्यहाँसम्म जान नस’किने अवस्था हुँदा हेलिकोप्टर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले बताए ।

धादिङको रुबीभ्याली गाउँपालिका–१ मा आज बिहान ८ बजेतिर बाटो ख न्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका हुन् ।

डोजर चालक, सहचालक र निर्माण व्यवसायीका एकजना बेप’त्ता छन् । चालक आकाश तामाङ, सहचालक राजु तामाङ र निर्माण व्यवसायी स्थानीय अनिश तामाङ पहिरोमा परी बेप’त्ता रहेको प्रहरीले जनाएको छ ।

यो पनि मन्त्रीहरूमा कोरो’ना संक्रम”ण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र

केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

‘केही मन्त्रीहरूमा संक्रमण भएको छ, केही कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । त्यसैले आज पनि मन्त्रिपरिषद बैठक बस्ने सम्भावना छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘

प्रधानमन्त्री ज्यु पनि कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । आज बिहीबार पीसीआर गरेपछि बल्ल थाहा हुन्छ ।’

प्रतिकृया दिनुहोस्