आइतबार , माघ २, २०७८

प्रविधिमा छलाङ मार्दै दक्षिण कोरिया,कोरियाले मानव निर्मित सुर्य बनाउँदै !

पुष ३०, २०७८ शुक्रबार 30

सिओल : दक्षिण कोरियाको सरकारले कृत्रिम सूर्य बनाउने योजना अघि सारेको छ। कोरियाले बनाउन लागेको कृत्रिम सूर्यको नाम ‘के स्टार’ दिइएको छ।

अन्तराष्ट्रिय सन्चार संस्था एएनआईले दिएको जानकारी अनुसार कोरियाले बनाउन लागेको कृत्रिम सूर्यको सतहको तापक्रम १ सय मिलियन डिग्री हुने बताइएको छ। यो तापक्रम ३ सय सेकेण्डसम्म कायम राखिनेछ।

परमाणु टेकनिकको व्यवसायिकरणका लागि ३ सय सेकेण्डसम्म तापक्रम कायम राख्नैपर्ने हुन्छ। कोरियाको मिनिष्ट्री अफ साइन्स एण्ड आइसिटीले गत डिसेम्बर ३० तारिखका दिन यस्तो किसिमको कृत्रिम सूर्य बनाउने घोषणा गरेको हो। यस मन्त्रालयले कोरियामा हरेक पाँच पाँच बर्षमा प’रमाणु

उर्जा विकासका लागि नयाँ नयाँ कार्यक्रमहरु तय गर्ने गर्दछ।
कोरियाको यो योजनामा निर्माण हुने ‘के स्टार’ नामक कृत्रिम सूर्यको परीक्षणका क्रममा विभिन्न आन्तरिक परीक्षण गर्दै सुधार्दै अघि बढ्ने बताइएको छ।

विगतका केहि अनुभवहरुमा समेत यसले राम्रो परिणा’म पाएको छ। यो कार्यक्रम अन्तरगत नै यसै बर्ष ३० सेकेण्डका लागि १ सय डिग्री अल्ट्रा हाइ तापक्रम कायम गर्न कोरिया सफल भइसकेको छ।.अब आउँदो परीक्षणहरुमा थप सुधारका कामहरु गर्दै सन २०२६ भित्रमा ३०० सेकेण्ड सम्म १ सय

डिग्री उच्च तापक्रम कायम राख्ने लक्ष कोरियाले राखेको छ। कृत्रिम सूर्यले आवश्यक परेको बेलामा गर्मी बढाउनका लागि सहयोग गर्नेछ। दक्षिण कोरियाली सरकारले ‘के स्टार’ को सहयोगमा पृथ्वीमै पहिलो पटक कृत्रिम रुपमा बिजुली उत्पादन गर्न खोजिरहेको छ।

कोरियाली सरकारले सन २०१८ मा पहिलो पटक २० सेकेण्ड तथा यसै बर्ष ३० सेकेण्डका लागि १०० डिग्री उच्च तापक्रम कायम गर्न सफल भइसकेको छ।.कोरियाली सरकारले यसैबाट भविष्यमा बिजुली उत्पादका लागि आवश्यक तयारी र लक्ष राखेको छ। कोरिया जस्तै चीनले पनि कृ’त्रिम सूर्य बनाइरहेको छ।

चीनले १ सय १ सेकेण्डसम्म २ सय १५ डिग्री फरेनहाइट तापक्रम कामय गर्न सफल भइसकेको छ। चिन लगायतका विकसित देशहरुले न्युक्लियर फ्युजनका माध्यमबाट असिमित रुपमा स्वच्छ

उर्जा प्राप्त गर्नका लागि यस किसिमको प्रोजेक्टमा काम गरिरहेका छन। कोरियाले पनि यसै योजनाबाट भविष्यमा उर्जा प्राप्त गर्ने लक्षका साथ काम गरिरहेको छ। -ईपिएस साथी

प्रतिकृया दिनुहोस्