आइतबार , माघ ९, २०७८

महामारीको समयमा चार्टर फ्लाइटमा घोटला गर्नेलाई छानबिन गर्न मन्त्री आलेको ठाडो निर्देशन

पुष ३०, २०७८ शुक्रबार 110

काठमाडौँ, महामारीको समयमा चार्टर फ्लाइटमा घोटला गर्नेलाई छानबिन गर्न मन्त्री आलेको ठाडो निर्देशन दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने

नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् ।

आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताएका छन् । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

प्रतिकृया दिनुहोस्