आइतबार , माघ २, २०७८

डिएसपी घरबिदा लिएर अमेरिका, ३५ दिनदेखि इन्स्पेक्टर निमित्त प्रमुख !

पुष ३०, २०७८ शुक्रबार 45

डिएसपी घरबिदा लिएर अमेरिका, ३५ दिनदेखि इन्स्पेक्टर निमित्त प्रमुख !

काठमाडौं – रसुवा छिमेकी राष्ट्र चीनसँग जोडिएको जिल्ला हो। रसुवा नाकामार्फत अवैध रक्तचन्द’नदेखि सुनसम्मको कारो’बार हुने गर्छ। त्यसैले सुरक्षाको दृष्टिकोणमा रसुवा संवे’दनशील जिल्लामा पर्छ। 
रसुवाको कमाण्ड नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी)ले गर्छ।

तर, यस्तो संवेदनशील जिल्लाको कमाण्ड पछिल्लो एक महिनादेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले सम्हाल्दै आएका छन्। 

रसुवा जिल्ला प्रहरी प्रमुख रहेका डिएसपी देवेन्द्र पाण्डे घर विदा लिएर अमेरिका घुम्न गएपछि इन्सपेक्टरले निमित्त प्रमुखको रुपमा जिम्मेवारी सम्हालेको एक महिना बढी पुगेको हो। 

यतिबेला रसुवाको निमित्त प्रहरी प्रमुख छन् गणेश सापकोटा । २२ मंसिरमा डिएसपी पाण्डेले १० दिनको लागि भन्दै घरविदा लिएपछि सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको थियो। 

दश दिनको विदाले समेत नपुगेपछि डिएसपी पाण्डेले २० दिन विदा थपेका थिए। एक महिनाको घरविदा लिएका पाण्डे अहिलेसम्म हाजिर भएका छैनन्। उनले विदा लिएको नै ३५ दिन पुगेको छ।

राष्ट्रिय अनलाइन न्युजबाट

प्रतिकृया दिनुहोस्