शिक्षा क्षेत्रमा कम्तीमा बीस प्रतिशतको बजेट आवश्यक

काठमाडौं ।

 

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा जुटेको सरकारसँग विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी बजेटका सन्दर्भमा शिक्षा क्षेत्रमा समेटिनुपर्ने विषयलाई सुझावका रूपमा पेश गर्दै सरकारले शिक्षा क्षेत्रमा छुट्याउँदै आएको बजेट कम भएको भन्दै २० प्रतिशत छुट्याउन माग गरेको हो ।

 

 

शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा संविधानले गरेको व्यवस्था कार्यान्वयन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा संगठनले जोड दिएको छ । त्यस्तै, सरकारी सेवा सुविधा र जागीरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन भनिएको छ ।

 

अर्थमन्त्री विष्णु पौडेललाई भेटेर अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका नेताहरूले बजेट जनमुखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग गरेका छन् । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

प्रतिक्रिया

recent post

Sudursanchar.com एक नया नेपालि डिजिटल पत्रिका हो जसमा सबैभन्दा छिट्टो तजा खबर पढ्न पाइन्छ, यो निउज पोर्टल अहिलेको युवा पुस्तालाइ पत्रिकाबाट आफ्नै हातमा रहेको डिजिटल डिभाइस बाट हेर्न मिल्ने तरिकाले डिज​ऐन गरिएको छ ।

 

सम्पादक निस्चल सङ्गितम

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal