आइतबार , माघ ९, २०७८

एकै दिन डाक्टर र इन्जिनियरको यसरी भयो दु’खद निध’न

माघ १, २०७८ शनिबार 56

काठमाडौ । शुक्रवार एकै दिन एक जना डाक्टर र एक जना इन्जिनियरको मृ त्यु भएको छ । नुवाकोटमा चिकित्सक र संखुवासभामा इन्जिनियरको मृ’त्यु भएको हो ।

नुवाकोको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृ त अवस्थामा भेटिएका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृ त भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको निध’न मोटरसाइकल दुर्घ’टनाका कारण भएको बताए । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घ’टना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए ।

उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए । शुक्रवार बिहान दुर्घ’टना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो ।

पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घ’टना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए ।

यता, संखुवासभाको सभापोखरी गाउँपालिका(३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा क’रेन्ट लागेर एक इन्जिनियरको मृ’त्यु भएको छ ।

ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृ त्यु भएको हो । उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर बे हो स भएका

उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्