आइतबार , माघ ९, २०७८

सिंहदरबारभित्रै केएमसीका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलियो

माघ १, २०७८ शनिबार 47

काठमाडौं—सिंहदरबारभित्रै मेडिकल कलेज व्यवसायी सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमो’सो दलेका छन् ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा मेडिकल कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा भएको सर्वपक्षीय छलफलबाट बाहिरिने क्रममा विद्यार्थीहरुले शर्मालाई कालोमो’सो दलेका हुन् ।

विद्यार्थीहरुले छलफलबाट निस्कने क्रममा मन्त्रालयको ढोकैमा नमस्कार गर्ने बहानामा शर्मालाई कालोमो”सो दलेका हुन् ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र अमर पुनले शर्मालाई कालोमोसो दलेका थिए । कालोमो’सो दलिएका शर्मा मन्त्रालय भित्र मुख धोएर गाडीमा बाहिरिएका थिए ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले दुई जनालाई नियन्त्र’णमा लिएको पुष्टि गरे । ‘होह’ल्ला गरेको भन्ने कुरा आएको छ,’

उनले भने, ‘त्यहाँ हामीले दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’

पछिल्लो समय शर्मा अध्यक्ष रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क

भन्दा बढी असुल्न खोजेको भन्दैं विद्यार्थीहरु आन्दो’लनमा छन् । उनीहरुलाई सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनहरुको समर्थन छ ।

प्रतिकृया दिनुहोस्