आइतबार , माघ ९, २०७८

माघेसंक्रान्ति कै दिन जिप दुर्घ’टना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृ’त्यु

माघ १, २०७८ शनिबार 60

तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घ’टनामा मृ’त्यु हुनेको संख्या ६ पुगेको छ ।

बन्दीपुर अस्पतालका अनुसार ज्या’न गु’मा’उनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने,

५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।

विममाया र सुकबहादुरको अस्पताल ल्याउदै गर्दा बाटोमा र अन्य चार जनाको घ’टनास्थलमै मृ’त्यु भएको जनाइएको छ ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल ख’स्दा दुर्घ’टना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घ’टना भएको प्रहरीले जनाएको छ ।

दुर्घट’नामा ८ जना घा’इते भएका छन् । घा’इते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

दु’र्घट’नामा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । फाइल तस्विर